चार प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाउन स्वीकृत

भक्तराज जोशी

धनगढी – मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका चार वटा प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल (टिचिङ हस्पिटल) का रूपमा उपयोग गर्न स्वीकृति प्रदान गरेको छ।


​मन्त्रिपरिषद्को निर्णयअनुसार सेती प्रादेशिक अस्पताल (धनगढी), लम्कीचुहा प्रादेशिक अस्पताल (लम्की), टीकापुर प्रादेशिक अस्पताल (टीकापुर) र महाकाली प्रादेशिक अस्पताल (महेन्द्रनगर) लाई विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिइने भएको हो।


​यस निर्णयसँगै दुवै पक्षबिच सम्झौतापत्रमा हस्ताक्षर गर्ने तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई दिइएको छ। सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सरकारले यो कदम चालेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार