धनगढी – मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका चार वटा प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल (टिचिङ हस्पिटल) का रूपमा उपयोग गर्न स्वीकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सेती प्रादेशिक अस्पताल (धनगढी), लम्कीचुहा प्रादेशिक अस्पताल (लम्की), टीकापुर प्रादेशिक अस्पताल (टीकापुर) र महाकाली प्रादेशिक अस्पताल (महेन्द्रनगर) लाई विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिइने भएको हो।
यस निर्णयसँगै दुवै पक्षबिच सम्झौतापत्रमा हस्ताक्षर गर्ने तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई दिइएको छ। सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सरकारले यो कदम चालेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्