धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक सरगर्मी तीव्र बनेको छ। ‘नेपाली कम्युनिस्ट पार्टी’ संसदीय दलका नेता खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशको ५ औँ मुख्यमन्त्रीका रूपमा अगाडि बढाउन बहुमत सांसदहरूको हस्ताक्षरसहित दाबी पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
प्राप्त जानकारी अनुसार आगामी साउन २० गते बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री पदका लागि औपचारिक दाबी पेस गरिने भएको छ।
यद्यपि, वर्तमान अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले साउन २० गतेअघि नै पदबाट राजीनामा दिएको खण्डमा त्योभन्दा पहिले नै नयाँ मुख्यमन्त्री नियुक्ति र सरकार गठनको प्रक्रिया अगाडि बढ्न सक्ने सम्भावना समेत रहेको छ।
हाल सत्ता समीकरणमा आएको बदलावसँगै सुदूरपश्चिममा वर्तमान सरकार अल्पमतमा परेको छ भने नयाँ गठबन्धनले खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बनाउन आवश्यक बहुमत जुटाएर प्रदेश प्रमुखसमक्ष जाने तयारी गरिरहेको छ।




प्रतिक्रिया दिनुहोस्