सुदूरपश्चिममा सरकार परिवर्तनको कसरत: खगराज भट्टलाई ५ औँ मुख्यमन्त्री बनाउन साउन २० गते दाबी पेस गरिने

धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक सरगर्मी तीव्र बनेको छ। ‘नेपाली कम्युनिस्ट पार्टी’ संसदीय दलका नेता खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशको ५ औँ मुख्यमन्त्रीका रूपमा अगाडि बढाउन बहुमत सांसदहरूको हस्ताक्षरसहित दाबी पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
​प्राप्त जानकारी अनुसार आगामी साउन २० गते बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री पदका लागि औपचारिक दाबी पेस गरिने भएको छ।
​यद्यपि, वर्तमान अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले साउन २० गतेअघि नै पदबाट राजीनामा दिएको खण्डमा त्योभन्दा पहिले नै नयाँ मुख्यमन्त्री नियुक्ति र सरकार गठनको प्रक्रिया अगाडि बढ्न सक्ने सम्भावना समेत रहेको छ।
​हाल सत्ता समीकरणमा आएको बदलावसँगै सुदूरपश्चिममा वर्तमान सरकार अल्पमतमा परेको छ भने नयाँ गठबन्धनले खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बनाउन आवश्यक बहुमत जुटाएर प्रदेश प्रमुखसमक्ष जाने तयारी गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार