धनगढीका विद्यालयमा भोलिदेखि बिदा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय गरेको छ । मंगलबार (असार ९ गते)देखि असार १२ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय भएको हो ।

‘विगत केही दिनदेखि बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखिनसक्ने सम्भावना रहेकोले सोको प्रतिकुल असरलाई मध्यनजर गर्दै वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा ९ गतेदेखि १२ गतेसम्म बिदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ,’ शिक्षा अधिकृतले जयराज जैशीद्वारा जारी सूचनामा भनिएको छ । 

विद्यार्थी र अभिभावकलाई गर्मीबाट बच्नका लागि सावधानीका उपायहरु अवलम्वन गर्न पनि अनुरोध गरिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार