धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय गरेको छ । मंगलबार (असार ९ गते)देखि असार १२ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय भएको हो ।
‘विगत केही दिनदेखि बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखिनसक्ने सम्भावना रहेकोले सोको प्रतिकुल असरलाई मध्यनजर गर्दै वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा ९ गतेदेखि १२ गतेसम्म बिदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ,’ शिक्षा अधिकृतले जयराज जैशीद्वारा जारी सूचनामा भनिएको छ ।
विद्यार्थी र अभिभावकलाई गर्मीबाट बच्नका लागि सावधानीका उपायहरु अवलम्वन गर्न पनि अनुरोध गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्