श्रीमतीमाथि तातो तेल खन्याउने श्रीमान पक्राउ

श्रीमतीको अनुहार तथा शरीरमा तातो तेल खन्याएर घाइते बनाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टलाई पक्राउ गरिएको हो ।

उनले १५ पुस २०८२ मा घरको भान्सामा सेलरोटी पकाइरहेकी श्रीमतीमाथि तातो तेल खन्याएका थिए । प्रहरीका अनुसार तातो तेलले श्रीमतीको अनुहारसहित शरीरका विभिन्न भाग जलेर कुरुप बनेको थियो ।

घटनापछि फरार रहेका भट्टविरुद्ध ‘तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

फरार अभियुक्तको खोजतलासका क्रममा प्रहरीले ६ असारमा भीमदत्त नगरपालिका–४ बाट उनलाई पक्राउ गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार