पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिन समितिको क्लिनचिट

काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्तिबारे उठेका विवादमा सरकारले गठन गरेको छानबिन समितिले उनको सम्पत्ति र सेयर लगानीलाई वैध ठहर गरेको छ ।

पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको समितिले ४५ पृष्ठको प्रतिवेदनमार्फत गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको हो ।

समितिले विवादमा आएको ८९ तोला सुनलाई पैत्रिक सम्पत्ति मानेको छ भने व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको दाबीलाई पनि अस्वीकार गरेको छ ।

सेयर खरिदका लागि ऋण लिएको कागजात भेटिएको र भट्टसँगको सम्बन्ध चिनजानमा मात्र सीमित रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, ‘जेनजी’ आन्दोलनका क्रममा विदेशबाट आएको भनिएको ५० लाख रुपैयाँ बैंकिङ प्रणालीमार्फत आएको र व्यक्तिगत प्रयोजनमा खर्च भएको देखिएकाले त्यसलाई पनि स्वाभाविक मानिएको छ ।

सम्पत्ति विवरणमा देखिएका फरक तथा धनकुटाको जग्गा मूल्यांकनसम्बन्धी विषयलाई समितिले व्यक्तिको नियतभन्दा राज्य प्रणालीको कमजोरीको परिणामका रूपमा व्याख्या गरेको छ ।

यस्ता सामान्य त्रुटिका आधारमा कानुनी कारबाही आवश्यक नरहेको सुझाव दिँदै समितिले जग्गा मूल्यांकन र सुन ट्र्याकिङ प्रणाली सुधार गर्न सरकारलाई सिफारिस गरेको छ ।

व्यवसायी दीपक भट्टसँगको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनी २६ दिन मात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

समितिको प्रतिवेदनसँगै उनको राजनीतिक पुनरागमनको सम्भावना बलियो बनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार