जातीय विभेद र छुवाछूत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल

काठमाडौँ — सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि संघीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । 

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बिहीबार ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या, पीडा र चुनौतीप्रति संसद् सचेत रहेको बताएका हुन् । 

दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नगरेसम्म नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन नसक्ने उनको भनाइ छ । 

‘जातीय विभेद र छुवाछूतको अन्त्य केवल सरकार, आयोग वा कुनै एक निकायको जिम्मेवारी मात्र होइन। यो राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नेपाली समाजको साझा दायित्व हो । त्यसैले समाजका हरेक तह र वर्ग मिलेर नै यो विकृतिविरुद्धको अभियानलाई सफल बनाउन सकिन्छ। एकता नै हाम्रो शक्ति हो,’ सभामुख अर्यालले भने । 

राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताबीच सामञ्जस्य कायम गर्दै दलित समुदायको अधिकार संरक्षण र प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने पनि सभामुख अर्यालको प्रतिबद्धता छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार