विद्यालयमै युट्युबरको आतङ्क, पठनपाठन प्रभावित

सर्लाही । विद्यालयको नियमित पठनपाठनमै असर पर्ने गरी युट्युवरहरू प्रवेश गर्न थालेपछि सर्लाहीको लालबन्दी नगरपालिकाले सार्वजनिक रूपमा गम्भीर आपत्ति जनाएको छ।

नगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा युट्युवरहरूले अनुमति बिना विद्यालय परिसरमा प्रवेश गरी कक्षा सञ्चालन भइरहेका बेला अनावश्यक भिडियो र अन्तर्वार्ता लिने कार्य बढ्दै गएको भन्दै ध्यानाकर्षण गराइएको हो। यस प्रकारका गतिविधिले शैक्षिक वातावरणमै प्रत्यक्ष असर परेको भन्दै सामुदायिक विद्यालयहरूबाट समेत गुनासो आएको नगरपालिकाले जनाएको छ।

यस्ता क्रियाकलापले प्रधानाध्यापक तथा शिक्षकहरूको मनोबल घटाउने र समग्र शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पार्ने देखिएको नगरको भनाइ छ। बिना अनुमति प्रवेश गर्ने र वास्तविकता नबुझी भ्रामक सामग्री प्रसारण नगर्न चेतावनी दिइएको छ।

नगरप्रमुख वासुदेव अधिकारीले यस्ता कार्य गैरकानुनी भएको स्पष्ट पार्दै शैक्षिक गतिविधि शान्त र व्यवस्थित वातावरणमा सञ्चालन हुन सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार