हर्कले भने– सभामुखले राखेको बैठकमा श्रम संस्कृतिलाई बोलाइएन


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी)ले आफ्नो पार्टीलाई बैठकमा नबोलाएको बताएका छन् ।

सोमबार (वैशाख २१) उनले सामाजिक सञ्जालमार्फत सभामुख अर्यालले राखेकाे बैठकमा  आफ्नो पार्टीलाई नडाकेको बताएका छन् ।

साम्पाङले लेखेका छन्, “सभामुखले बोलाएको बैठकमा श्रम संस्कृतिलाई जानकारी दिइएन, पठाइएन । धेरै यो त्यो नभन्नु । मिडियाले सत्यतथ्य साभार गर्नु ।”

सत्तारूढ दल र प्रतिनिधिसभामा रहेका विपक्षी दलका सचेतकसँग सोमबार प्रतिनिधिसभाका सभामुख अर्यालले छलफल गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार