कैलालीका २ जना लागुऔषधसहित पक्राउ

धनगढीमा लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ शिवपुरी क्षेत्रमा शनिबार बेलुका गरिएको निगरानीका क्रममा प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–५ का २५ वर्षीय संजय चौधरी रहेका छन्। उनको साथबाट ६४० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। उनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

त्यसैगरी, सोही क्षेत्रबाट कैलारी गाउँपालिका–३ का ४२ वर्षीय श्यामबहादुर चौधरी पनि पक्राउ परेका छन्। उनको साथबाट ३६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो। उनलाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार