ज्वराेका कारण एकै परिवारका दुई बालकको ज्यान गएपछि महरागाउँमा स्वास्थ्य परिक्षण

बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा भाइरल ज्वरोबाट प्रभावित भएका नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । 

ज्वरोका कारण एकै घरका दुई बालकको ज्यान गएपछि शनिबार उक्त गाउँमा चिकित्सकसहितको टोली पुगेको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । 

उक्त गाउँका करीब ७० जना ज्वरोका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेर औषधी दिइएको कुँवरले बताए । प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा उक्त गाउँमा मौसमी भाइरल ज्वरोको प्रकोप देखिएको कुँवरले बताए । 

AD

ज्वरोकै कारण महरागाउँका १३ बर्षीय विनोद महरा र १० बर्षीय विकास महरा दाजुभाइको ज्यान गएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो । 

AD

उक्त क्षेत्रमा रहेका खानेपानीका मूहानको पानी परीक्षणका लागि संकलन गरिएको छ भने केही व्यक्तिको थ्रोट स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । उक्त स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला धनगढी पठाइने उनले बताए । 

अहिले महरागाउँका ज्वरो आएका बिरामीहरुमा धेरै जटीलता नभएपनि सतर्कता अपनाउन आग्रह गरिएको छ । औषधीसहित स्थानीय स्वास्थ्यकर्मीहरुको टोली गाउँमै रहेको कुँवरले बताए । 

एकै घरका दुई बालकको ज्वरोका कारण ज्यान गएपछि महरा गाउँ शोकमा डुबेको पुर्चौंडी नगरपालिका–१० का वडा सदस्य विष्णुदत्त अवस्थीले बताए । महरागाउँका स्थानीय कैलाश महरा र मानमती महराका दुवै छोराको ज्वरोका कारण ज्यान गएको हो । महरा दम्पतीका दुई मात्रै सन्तान रहेकोमा दुवैको ६ दिनको अन्तरालमा दुःखद निधन भएपछि गाउँमा त्रास फैलिएको वडा सदस्य अवस्थीले बताए ।

विनोदको फागुन ११ गते मृत्यु भएको थियो भने विकासको शनिबार बिहान मृत्यु भएको वडा सदस्य अवस्थीले बताए । विनोद कक्षा ७ र विकास कक्षा ५ मा अध्ययनरत रहेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार