मेलौली नगरपालिकामा तीन दिन विद्यालय बिदा

बैतडी: बैतडीको मेलौली नगरपालिकाले नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छैटौँ संस्करण सञ्चालन हुने भएकाले नगरपालिकाभित्रका सामुदायिक शैक्षिक संस्थाहरूमा तीन दिन सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले सूचना जारी गर्दै मंगलबारदेखि बिहीबारसम्म सबै सामुदायिक विद्यालयमा बिदा रहने जनाएको हो। प्रतियोगितामा विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न बिदा दिइएको नगरप्रमुख भीमबहादुर चन्दले जानकारी दिए।

सूचनामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सक्रिय रूपमा सहभागी हुन सबै विद्यालय तथा विद्यार्थीहरूलाई आग्रह गरिएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार