कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका नर नारायण शाह (मनु शाह)ले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
फेसबुकमा पोस्ट गर्दै उनले निर्वाचनका लागि आवश्यक आर्थिक सहयोगको अपिल गरेका हुन् ।
उनले आफूसँग कहिँकतै अनुचित तरिबाट संकलित रकम नभएको उल्लेख गर्दै सक्नेजति सहयोग गर्न अपिल गरेका छन् ।
उनले लेखेका छन्, ‘म सँग कहिकतै अनुचित तरिकाबाट संकलित रकम छैन । तसर्थ, आफ्नो क्षमता अनुसार सक्नेजतिले स्वयम्को तर्फबाट स्वेच्छिक सहयोग गरिदिनहुन निवेदन गर्दछु ।’
त्यस्तै, उनले प्रदान गरिएको सहयोगबारे आफ्नो फेसबुक म्यासेन्जर, ह्वाट्सएप तथा फोनमार्फत जानकारी गराउन पनि आग्रह गरेका छन् ।
उम्मेदवारी दिएर भोट माग्ने बेलामा नोट माग्न सुरु गरेको भन्दै शाहको चर्को आलोचना भएको छ । स्वयम् काँग्रेसकै नेताहरुले पनि शाहले आर्थिक सहयोगका लागि गरेको उक्त अपिलको विरोध गरेका छन् ।
चौतर्फी विरोध भएपछि आर्थिक सहयोगका लागि अपिल गरेको पोस्ट हाल उनले आफ्नो फेसबुकबाट हटाइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्