धनगढी । कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगढी २, रैका टोल बस्ने २३ वर्षीय विकास सेवा र धनगढी ८ बस्ने ३२ वर्षीय प्रदिप योगीलाई पक्राउ गरेको हो ।
सेवाको साथबाट १ ग्राम १ सय ८० मिलिग्राम र योगीको साथबाट ५ ग्राम ९ सय २० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको जि प्र का कैलालीले जानकारी दिएको छ ।
हाल पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्