थारू बस्तीमा मौलिक सखिया नाच सुरु

धनगढी :  सुदूरपश्चिम प्रदेशको थारू बस्तीमा मौलिक सखिया नाचको रौनक सुरु भएको छ । दसैँ नजिकिएसँगै थारू गाउँमा सखिया नाचको रौनक सुरु भएको हो।

दसैँ, तिहारको बेला सखिया नाच नाच्ने चलन रहेको छ। चाडपर्वमा नाच देखाउनका लागि तयारीस्वरूप महिलाले सखिया नाच नाच्न थालेका हुन्। साँझपख भइरहेको सखिया नाचले थारू बस्ती रौनकमय बनेको छ। दसैँ नजिकिएपछि महिलाले सखिया नाच सुरु गरेको गोदावरी नगरपालिका–८, फकलपुरका माधव चौधरीले बताए। 

मादल र मिजुराको तालमा युवती वा महिलाले सामूहिक रूपमा सखिया नाच नाच्ने गर्छन्। यो दसैँतिहारको अवसरमा थारू समुदायका महिलाले सामूहिक रूपमा नाच्ने परम्परागत नृत्य हो। यो नाचमा महिला सबैले एकनासको मौलिक वेशभूषा लगाएर नाच्ने गरेको जनाइएको छ। मादल बजाउने ‘मदरिया’ को निर्देशन र मादलको ताल (खोट) अनुसार उनीहरूले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ। 

साथीसङ्गी मिलेर सामूहिक रूपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको बताइन्छ। थारू समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्छन्। सखी सखी अर्थात् साथीहरू मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको बताइन्छ। सखिया नाच थारूसमुदायको मौलिक लोकनृत्य हो । खास गरी चाडपर्वमा सखिया नाच्ने गरे पनि हालका दिनमा विभिन्न कार्यक्रम, मेला, महोत्सवमा पनि यो नाच देखाउने गरिएको छ । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार