कञ्चनपुरमा ‘जेन–जी’ भन्दै कुटपिटमा परेका नरेशले लाइभमै जीवन त्यागे

धनगढी : कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै नाङ्गेै पारेर कुटपिट गरिएको दाबी गर्दै आत्महत्या गरेका छन्।

आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा उनले केही व्यक्तिको नाम लिँदै त्यस्तो गर्न बाध्य भएको बताएका थिए। ‘मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले अन्तिम सन्देशमा भनेका छन् ‘काँग्रेसको व्यक्तिले मलाई कुटपिट ग¥यो। मलाई नाङ्गेै बनाएर दौडायो गाइज।’

SHIKHAR COOL TECH

फेसबुक लाइभमै रुँदै उनले सोही कारण आत्महत्या गर्नुपरेको बताएका थिए। मृतकका दिदी हिरा धानुकले पनि राति साढे १० बजे नरेशलाई ‘जेन–जी’ भन्दै कुटपिट गरिएको बताइन्। ‘सुरुमा दारु पिलाएका रहेछन्। त्यसपछि नाङ्गो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,’ उनले भनिन्। उनले शव नउठाउने चेतावनी दिँदै मृतकका सन्तानहरूको जिम्मेवारी स्थानीय तह वा मर्न बाध्य पार्ने व्यक्तिले लिनुपर्ने माग गरिन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले किटानी जाहेरी आएको बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले घटनाको अनुसन्धान र छानबिन हुने बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार