धनगढी : जेन्जी पुस्तालाई अपमानित महसुस गराउने हिसाब कुनै पनि व्यवहार नगर्न धनगढीका मेयर गोपाल हमालले आग्रह गरेका छन्।
भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको आन्दोलनको विषयमा नकारात्मक टिप्पणी गरेर जेन्जी युवाहरूलाई तनाव दिने काम नगर्न मेयर हमालले अनुरोध गरेका हुन्।
हमालले भनेका छन्, ‘असल मनसायबाट जेन्जी युवाहरूले आन्दोलन गरेको तर युवाको आन्दोलनमा घुसपेट भएको सबैलाई अवगत नै छ। जसमा अहिले भिडियो र फोटोहरू सामाजिक सञ्जालमा आइरहेका छन्। त्यही भएर जेन्जी पुस्तालाई निरुत्साहित गर्ने कार्य नगर्न हुन अनुरोध गर्दछु।’
मेयर हमालले अगाडि थपेका छन्, ‘जेन्जी पुस्ता यो देशको भविष्य हो। गहना हो र आत्मा हो । स्वदेशमै बसी काम गरी आफ्नो उज्जल भविष्य खोजी रहेको पुस्ता हो । जो राष्ट्र प्रथमको भावले काम गर्न चाहन्छन।’
युवाहरूले राज्य सत्ताको माग नगरेको उल्लेख गर्दै देशमा भ्रष्टाचारको अन्त्य भई देशलाई सदाचारमा डोर्याउन युवाहरूले आवाज उठाएको मेयर हमालले बताएका छन्।
हिजो आज विभिन्न स्थानमा जेन्जी पुस्तालाई निरूत्साहित र आत्मग्लानी महसुस गराइ मनोवल घटाउने कार्य भइरहेकाले उक्त कार्य रोक्नुपर्ने मेयर हमालले बताएका छन् । हिजो बेदकोट नगरपालिका-४ बस्ने २४ वर्षीय नरेश धानुकले सामाजिक अत्याचार सहन गर्न नसकेर आत्महत्या गर्न बाध्य हुनुपरेको घटना सार्वजनिक भएको भन्दै युवाहरूको अपमान नगर्न नगर प्रमुख हमालले सम्पूर्णमा आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्