धनगढीको एरिष्टो स्कुलले गर्‍यो प्रशासनलाई डेढ लाख मूल्य बराबरको समान सहयोग

भक्तराज जोशी

धनगढी :  धनगढीको एरिष्टो माध्यमिक विद्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई डेढ लाख मूल्य बराबरको सामान सहयोग गरेको छ।

विद्यालयले आइतबार बिहान प्रशासकीय अधिकृत शिवराज जोशीलाई सामान हस्तान्तरण गरेको हो।

SHIKHAR COOL TECH

विद्यालयका तर्फबाट प्रधानाध्यापक हरि क्षेत्रीले एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान अफिस टेबल र कुर्सी तथा एक दर्जन सेवाग्राहीले बस्ने कुर्सी हस्तान्तरण गरेका हुन्। यी सबै सामानको मूल्य एक लाख पचास हजार रहेको प्रधानाध्यापक क्षेत्रीले बताए।

उनले जिल्ला प्रशासन कार्यालयका सम्पूर्ण भौतिक सामग्री जलेकाले तत्काल सेवा प्रवाह गर्न सहज होस् भनेर सामग्री सहयोग गरेको बताए। प्रधानाध्यापक क्षेत्रीले आवश्यक परेमा अन्य सहयोग समेत गर्न तत्पर रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार