अछाम कारागारमा कैदीबीच झडप, अवस्था तनावग्रस्त

अछाम : अछाम जिल्ला कारागारमा बुधबार बिहान अचानक झडपको स्थिति सिर्जना भएको छ। कारागारभित्र रहेका कैदीबन्दीहरूले आक्रोशित हुँदै तोडफोड तथा आगजनीको प्रयास गरेका छन्, जसले गर्दा अवस्था तनावपूर्ण बनेको हो।

प्रारम्भिक जानकारी अनुसार, केही कैदीहरूले जेल प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका थिए। उनीहरूले जेलका केही भागमा तोडफोड गर्नुका साथै आगजनीको प्रयाससमेत गरेका छन्। घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त बल परिचालन गरिएको छ।

SHIKHAR COOL TECH

अछामका प्रमुख जिल्ला अधिकारी ९सिडियो० र सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ घटनास्थलमा खटिएको जनाइएको छ। प्रशासनले अवस्था नियन्त्रणमा लिन प्रयास जारी राखेको छ भने झडपमा परी केही कैदी घाइते भएको आशंका गरिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रारम्भिक अनुसन्धान भइरहेको जनाइएको छ। स्थानीय प्रशासनले नागरिकलाई अफवाह नफैलाउन र संयमित रहन आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार