अछाम : अछाम जिल्ला कारागारमा बुधबार बिहान अचानक झडपको स्थिति सिर्जना भएको छ। कारागारभित्र रहेका कैदीबन्दीहरूले आक्रोशित हुँदै तोडफोड तथा आगजनीको प्रयास गरेका छन्, जसले गर्दा अवस्था तनावपूर्ण बनेको हो।
प्रारम्भिक जानकारी अनुसार, केही कैदीहरूले जेल प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका थिए। उनीहरूले जेलका केही भागमा तोडफोड गर्नुका साथै आगजनीको प्रयाससमेत गरेका छन्। घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त बल परिचालन गरिएको छ।
अछामका प्रमुख जिल्ला अधिकारी ९सिडियो० र सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ घटनास्थलमा खटिएको जनाइएको छ। प्रशासनले अवस्था नियन्त्रणमा लिन प्रयास जारी राखेको छ भने झडपमा परी केही कैदी घाइते भएको आशंका गरिएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रारम्भिक अनुसन्धान भइरहेको जनाइएको छ। स्थानीय प्रशासनले नागरिकलाई अफवाह नफैलाउन र संयमित रहन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्