बैतडी कारागार तोडफोडपछि कैदीबन्दी फरार

बैतडी : बैतडी जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी सोमवार साँझ कारागार तोडफोड गरी फरार भएका छन्।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार राति ८ः३० बजेतिर कैदीबन्दीले कारागारमा आगजनी र तोडफोड गर्दै गेटको ताला तोडी भागेका हुन।

कारागारमा रहेका ६२ जना कैदीबन्दी सम्पूर्ण फरार भएको जानकारी दिँदै उनले भने, ‘‘बन्दीगृहभित्र दिउँसोदेखि नै सुरु भएको आगजनी र तोडफोड नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले घण्टौँ प्रयास गरे तर सफल हुन सकेन्न।” घटनापछि प्रमुख जिल्ला अधिकारी पौडेलसहित सुरक्षाअधिकारीको टोली कारागार परिसर पुगेको छ। फरार कैदीबन्दीको खोजतलासका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार