कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीमा प्रदर्शनकारीद्वारा आगजनी

धनगढी : धनगढीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा सोमबार जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले कार्यालय परिसरमा ढुंगामुढा गर्दै केही कागजात र सामग्रीमा आगजनी गरेका  छन्। आगलागीका कारण कार्यालयभित्र रहेका कागजात, फर्निचर र सम्पत्ति नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि प्रहरी परिचालन गरिएको थियो। हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। जेनजी आन्दोलनका सहभागीहरूले सरकारी ढिलासुस्ती, बेरोजगारी र असमानताको विरुद्ध दबाब सिर्जना गर्न आन्दोलनलाई तीव्र बनाउँदै आएका छन्। सोमबारको प्रदर्शन सोही शृंखलाको एक भाग भएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार