धनगढी : धनगढीस्थित सुदूरपश्चिम प्रदेशसभा सचिवालय भवन सोमबार जेनजी आन्दोलनका प्रदर्शनकारीको आक्रमणमा परेको छ। प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले प्रदेशसभा परिसरमा प्रवेश गरी ढुंगामुढा गर्नुका साथै कार्यालयका कागजात र सामग्रीमा आगजनी गरेका हुन्।
आन्दोलन तीव्र बनाएर मगंलबार दिउँसो ठूलो संख्यामा प्रदर्शनकारी प्रदेशसभा सचिवालय अगाडि जम्मा भएका थिए। आन्दोलनकारी र प्रहरीबीच केही समय तनावपूर्ण स्थिति कायम भएको थियो। तोडफोड र आगजनीका कारण भवनको केही भाग क्षति भएको र महत्वपूर्ण कागजात नष्ट भएको प्रारम्भिक जानकारी आएको छ।




प्रतिक्रिया दिनुहोस्