धनगढी : धनगढीमामा प्रदर्शनकारीले माओवादी कार्यालयमा समेत आगो लगाएका छन्।
भर्खर आन्दोलनकारीले कार्यालयमा आगो लगाएका हुन्। धनगढी–५ सत्कार चोकमा रहेको कैलाली जिल्ला कार्यालय र प्रदेश कार्यालयका सम्पूर्ण सामग्री जलाइएको छ। माओवादीले पार्टी कार्यालयबाट ब्यानर हटाएको भए पनि युवाहरूले घर पत्ता लगाएर आगो लगाएका हुन्।
जेन्जी प्रदर्शनकारीले कैलालीको धनगढीमा रहेका मुख्य दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्। एमाले र काँग्रेसको कार्यालयमा आगो लगाएका युवाहरू अहिले माओवादीको पार्टी कार्यालय पनि जलाएको हुन्।




प्रतिक्रिया दिनुहोस्