धनगढीबाट ‘समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान’ घोषणा

अत्तरिया  : कैलालीको धनगढीमा ‘समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान’ घोषणा गरिएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीको गोदावरीका प्रेम भट्टको संयोजकत्वमा गठित समितिले अभियानको घोषणा गरेको हो । उक्त अभियान विखण्डित वैकल्पिक शक्तिलाई एउटै मञ्चमा ल्याउने, नयाँ पुस्तालाई नेतृत्वका लागि अघि सार्ने र आम नागरिकहरूलाई स्वतन्त्र बन्न प्रेरित गर्ने उद्देश्यका साथ घोषणा गरिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टले ‘समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान’ मार्फत  ‘महाकाली–मेचीको यात्रा–२०८२’ अभियान प्रारम्भ गर्ने घोषणा गरे ।

Seti Hospital

उनले उक्त यात्रा भाद्र १७ गते कञ्चनपुरको गड्डाचौकीबाट सुदूरपश्चिमका स्वतन्त्र मेयर गोपाल हमालको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिने बताए । उनले यात्राका क्रममा विभिन्न ठाउँमा कोष सभाको आयोजना गरेर २० गते मेची पुग्ने र २१ गते धरानमा पुगेर हर्क साम्पाङ मार्फत समापन गरिने बताए । उनले आम नागरिकलाई पार्टीको होइन देशको झण्डा बोक्न प्रेरित गराउनको लागि अभियान सञ्चालन गर्ने उद्देश्य रहेको बताए ।

उनले दशकौँ सत्तामा रहँदा पनि नेताहरूले अपेक्षित आशा र सफलता भन्दा पनि नागरिकमा चरम निराशा र मुलुकलाई असफलता मात्र दिएको परिवेशमा नेपाली जनताले आफ्नो स्वतन्त्र हकको प्रयोग गर्दै श्रम, सृजनशीलता र संस्कारको विकास गर्न देशको झण्डा बोक्न आवश्यक रहेको बताए ।

उनले नेपाललाई अब विद्यमान सोचले होइन, नयाँ सोच र स्पष्ट कार्य योजना र नयाँ विकल्प चाहिन्छ र, नयाँ विकल्पले: श्रम आर्थिक रूपान्तरण आयात–निर्भर नभई उत्पादन–आधारित अर्थतन्त्र निर्माण गर्ने बताए ।

उनले रोजगारी सिर्जना कृषि, उद्योग, पर्यटन र प्रविधिमार्फत युवालाई स्वदेशमै अवसर दिन, सुशासन र शून्य सहनशीलता भ्रष्ट्राचार, गुटबन्दी र राजनीतिक व्यापारको मिलेमतो अन्त्य गर्न, सामाजिक न्याय महिला, दलित, सीमान्तकृत र प्रवासी नेपालीको अधिकार सुनिश्चित गर्न, संस्कृति संरक्षण नेपाली मौलिकता, कला, भाषा र संस्कृति जगेर्ना गर्न, अन्तर्राष्ट्रिय सन्तुलन छिमेकीसँग समान सम्मानमा सम्बन्ध राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हैसियत मजबुत बनाउने लगायतका आवश्यकतालाई महसुस गर्दै अभियान घोषणा गरिएको बताए ।

उक्त पत्रकार सम्मेलनमा गोदावरीमा केन्द्रित ‘जय गोदावरी’ अभियान सञ्चालन गर्दै आएका युवा सँगै हालै नेपाली कांगेस छोडेको घोषणा गरेका गोदावरीका युवा नेता गणेश शाह लगायतको सहभागिता रहेको थियो ।

‘समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान’ का संयोजक प्रेम भट्ट पनि यसअघि नेपाली कांगेस कैलालीको जिल्ला सदस्य तथा प्रवक्ताका रूपमा कार्यरत थिए । उनले केही महिना अघि मात्रै उक्त पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार