धनगढी : भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग सीमाना जोडिएको डोके बजार पछिल्लो समय अपराधिक ट्रान्जिट हब बन्दै गएको छ । सो क्षेत्रमा अपाधिक कृयाकलाप बढ्न थालेपछि प्रहरी निगरानीमा कडाई गरेको छ । भारतिय सीमा क्षेत्र र कैलाली कञ्चनपुरको मुख्य नाका भएकोले सो क्षेत्रमा अहिले अपराधिक गतिबिधि बढ्न थालेको स्थानीयबासीको गुनासो रहेको छ ।
डोके बजारमा अपराध, लागुऔषध दुरुपयोग, यौनजन्य गतिविधि र अवैध सामान भित्रिने प्रमुख समस्या रहेको छ । अहिले प्रहरी चौकी पचकडिया–परासन–अमरवस्ती कञ्चनपुरले कडाइका बढाएको छ । अहिले होटल व्यवसायलाई विशेष निगरानीमा राखेको प्रहरी चौकी पचकडिया–परासन–अमरवस्ती कञ्चनपुरका ईन्चार्ज तथा प्रहरी नायब निरीक्षक नैनसिंह कार्कीले बताएका छन् ।
स्थानीयको गुनासो अनुसार केही होटलमा यौनजन्य क्रियाकलाप हुँदै आएकाले प्रहरी सचेतना कार्यक्रमदेखि निगरानी अभियानमा सक्रिय बढाएको हो । डोके बजार प्रहरीले एक महिनामै १२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यसले सीमा नाकाबाट हुने अवैध कारोबार अझै नियन्त्रणमा आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्