धनगढीः सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ जना महिलाको शल्यक्रिया गरि प्रसुती गराईएको छ।
आकस्मिक भई रातीको समयमा १० जना र दिउँसोको समयमा ८ जना गरि मंगलबार एकैदिन १८ जना महिलाको शल्यक्रिया गरि सफल प्रसुती गराईएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.कमल दिप जोशीले जानकारी दिए।
विभिन्न समस्या, सिमित स्रोत साधन र न्युन जनशक्तिका बाबजुत सिमित वेड संख्या रहेको पुरानो जीर्ण भवनमा विभिन्न जिल्लाबाट रेफर भएर आएका गर्भवती महिलाहरुको सफल शल्यक्रिया गरिएको उनले बताए।
उनले अस्पतालको सर्वसुलभ सेवालाई अझ प्रभावकारी र गुणस्तरिय बनाउन सबै सम्बन्धित निकाहरुको ध्यान जान जरुरी रहेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्