श्रावणको दोस्रो सोमबार शिवपुरी धाममा हजारौं भक्तजनको घुइँचो (फोटोफिचर)

भक्तराज जोशी

धनगढी– श्रावण महिनाको दोस्रो सोमबारको अवसरमा कैलालीको धनगढी–४ स्थित शिवपुरी धाममा हजारौं भक्तजनको उपस्थितिमा धार्मिक वातावरण झनै जीवन्त बन्यो। बिहानको पखदेखि नै महेन्द्रनगर, अत्तरिया, लम्की, टीकापुर, भजनीसहित कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको घुइँचो लागेको थियो।

श्रावण महिनाको सोमबार भगवान शिवको विशेष आराधना गरिने धार्मिक परम्पराअनुसार जलाभिषेक, रुद्राभिषेक, र शिवजीको दर्शनका लागि भक्तजन लामबद्ध देखिन्थे। कतिपय श्रद्धालु बिहान ४ बजेदेखि नै पूजा गर्नका लागि लाइनमा थिए।

SHIKHAR COOL TECH

“श्रावण सोमबारमा शिवपुरी धाम आएर पूजा गर्नु पवित्र मानिन्छ,” एक वृद्ध श्रद्धालुले भने, “यहाँ आएपछि आत्मिक शान्ति मिल्छ, वर मागेको पूरा हुने विश्वास छ।”

व्रतालु भक्तजनले नीलकण्ठ महादेवको मन्त्र उच्चारण गर्दै जल चढाए, बेलपत्र अर्पण गरे। यसै अवसर पारेर धार्मिक कथा, भजन कीर्तन, र विशेष पूजा–अनुष्ठान पनि सम्पन्न गरिएको थियो।

यस वर्ष सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित श्रीहरिहर चातुर्मास अनु्ष्ठान र शिवपुरी धर्मोत्सव पनि अषाढ २२ बाट औपचारिक रूपमा सुरु भएको थियो। धार्मिक वातावरण, पण्डालको सजावट, र भक्तजनको सहभागिताले शिवपुरी परिसरलाई भव्यतापूर्वक झल्काएको छ।

भक्तजनको सहजताका लागि पिउने पानी, शौचालय, प्राथमिक उपचार र सुरक्षाको समेत भरपर्दो व्यवस्था गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार