स्टेपिङ्ग स्टोन तेक्वान्दो डोजाङ परिवारद्वारा धनगढीमा सरसफाई कार्यक्रम सम्पन्न

भक्तराज जोशी

धनगढी – धनगढीलाई हरित र स्वच्छ बनाउने उद्देश्यसहित स्टेपिङ्ग स्टोन तेक्वान्दो डोजाङ परिवारजनले शनिबार धनगढीमा सरसफाई अभियान सञ्चालन गरेको छ।

“ग्रीन एण्ड क्लिन धनगढी” अभियानलाई साथ दिंदै डोजाङ प्रमुख मास्टर आशिष चन्दको नेतृत्वमा गरिएको यो सरसफाई कार्यक्रम चौराहा मेन चोकदेखि बजार हुँदै पुरानो भन्सार रोड, तरकारी मण्डी हुँदै रामजानकी मन्दिरसम्म सम्पन्न गरिएको हो।

Seti Hospital

कार्यक्रममा डोजाङका प्रशिक्षक, खेलाडी, अभिभावक तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो। सरसफाईमार्फत सडक र सार्वजनिक स्थल सफा गर्नुका साथै नागरिकलाई “स्वच्छ शहर, स्वस्थ जीवन” भन्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।

मास्टर आशिष चन्दले भने,
“शहरलाई सफा राख्नु सबैको दायित्व हो। यस अभियानमार्फत हामीले खेलाडीमार्फत समाजमा सरसफाई र जनचेतनाको सन्देश फैलाउन प्रयास गरेका छौं।”

यसअघि पनि धनगढी उपमहानगरपालिकाले स्वच्छता प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सरसफाई अभियानलाई निरन्तरता दिँदै खेलकुद क्षेत्रका युवाहरूले यसरी हातेमालो गर्नु सकारात्मक पहल भएको सरोकारवालाहरूको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार