अछाममा वडाध्यक्षले ९ जना युवा लगेर हतियारले ठेकेदार कुटे

धनगढी :  अछाममा एक जना ठेकेदार कुटिएका छन्।

जिल्लाको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय निर्माण व्यवसायी कर्णबहादुर बुढा एक वडाध्यक्षको समूहबाट कुटिएका हुन्।

SHIKHAR COOL TECH

जिल्लाको मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको नौ जनाको समूहले बुढाीमाथि कुटपिट गरेको छ। उनीमाथि खुकुरी, फलामको रड, नक, मुक्का, लाता लगायतले कुटपिट भएको प्रहरीले बताएको छ। प्रहरीले वडाध्यक्ष झंकर भाट र मदन विष्टलाई पक्राउ गरेको छ। तर, उनीहरुले प्रयोग गरेका खुकुरी, नक, फलामको रड लगायतका हतियारहरु प्रहरीले बरामद गर्न सकेको छैन्। घटनामा संलग्न अन्य सात जना पनि फरार रहेका छन्। वडाध्यक्ष भाटले लेनदेनको विवादका कारण नौ जनाको समूहमा आएर बुढामाथि कुटपिट गरेको प्रहरीले बताएको छ। बुढाका २ वटा दाँत भाँचिएका छन्। उनको चिउरो तथा अनुहारमा चोट लागेको छ। बुढाका शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ।

अछामको सदरमुकाम मंगलसेनमा रहेको सनसाइन प्लाजा होटेलमा बुढामाथि भाटको समूहले कुटपिट गरेको हो। गत असार २२ गते दिउँसो बुढा कुटिएका हुन्। तर, असार ३० गते मात्र बुढाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन्। बुधवार मात्र वडाध्यक्षसहितका २ जना फक्राउ परेका छन्। अन्य फरार भएका छन्। जिल्ला अदालत, अछामले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।

मंगलसेन नगरपालिका– ५ का वडाध्यक्ष झंकर भाट, ३५ वर्षीय बल भाट, २६ वर्षीय कमल भाट, ३२ वर्षीय मदन बिष्ट, वडा नम्बर ४ बस्ने २७ वर्षीय बिष्णे कठायत र अन्य चार जना गरेर नौ जनाको समूहले कर्णबहादुर बुढामाथि कुटपिट गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार