बैतडीका एक जनाको भारतमा मृत्यु

बैतडी : बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ। बैतडीको मेलौली नगरपालिका ५ हतरगांका २२ वर्षीय नरेश भट्टको मृत्यु भएको हो।

रोजगारीको सिलसिलामा भारतको दिल्ली नजिकै हरियाणाको गुरुग्राममा रहेका भट्टको नालीमा डुबेर मृत्यु भएको आफन्त मन्दिर भट्टले बताए। गुरुग्राम सेक्टर २९मा काम गर्दै आएरहेका नरेशको काम सकेर राति कोठा तर्फ फर्किने समयमा नालीमा डुबेर मृत्यु भएको उनले बताए।

SHIKHAR COOL TECH

लगातारको अविरल बर्षाका कारण निर्माणाधिन नालीमा भरिएको पानीमा डुवेर उनको मृत्यु भएको हो। भिषण वर्षाले नाली र सडकमा पानी भरिएकोमा नाली र बाटो छुट्याउन सकने अवस्था थिएन।

नरेशको शव ३ दिनपछि निार्माणाधिन नालीमा रहेको सरियामा अड्किएको अवस्थामा फेला परेको बताइएको छ। नेपाली समाज भारतको पहलमा आफन्तको उपस्थितीमा नरेशको दाहसंस्कार मन्दिर भट्टले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार