दुई वर्षदेखि ओछ्यानमै थला परेका हरिशलाई छाडेर श्रीमती सम्पर्कविहीन, दुई अबोध बालकसहित परिवारको बिचल्ली !

बैतडी: मेरुदण्ड भाँचिएर दुई वर्षदेखि ओछ्यानमै थला परेका बैतडीका ३१ वर्षीय हरिश भुललाई जीवनको यस्तो कठिन मोडमा श्रीमतीले समेत छाडेपछि उनको र परिवारको बिचल्ली भएको छ।

बैतडीको दशरथचन्द नगरपालिका-९ घर भएका हरिश कञ्चनपुर गएका बेला छतमा पानीट्यांकी सफा गर्ने क्रममा करेन्ट लागी खसेका थिए। सो दुर्घटनामा उनको मेरुदण्ड भाँच्चिनुका साथै अण्डाशयमा गम्भीर चोट लागेको थियो। नेपाल र भारतका आधा दर्जनभन्दा बढी अस्पतालमा उपचार गराउँदा उनको भएको सबै सम्पत्ति सकिएको छ भने अब थप उपचार गर्न सक्ने आर्थिक अवस्था पनि छैन।

स्वास्थ्यमा केही सुधार हुँदै गएपछि जिल्ला अस्पताल बैतडी र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराउँदै आएका उनलाई अहिले दैनिक रूपमा उठाउने, सुताउने र हेरचाह गर्ने मानिसको खाँचो छ। तर, यही मर्मस्पर्शी अवस्थामा गत साउन २० गते घरबाट औषधी लिन जान्छु भनी निस्किएकी उनकी श्रीमती विमला भुलअहिलेसम्म सम्पर्कमा आएकी छैनन्। श्रीमती घर छाडेर हिँडेपछि हरिशले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि उनी अझै फेला परेकी छैनन्।

श्रीमती सम्पर्कविहीन भएपछि घरमा ११ र ७ वर्षका दुई नाबालक छोराहरूको भविष्य र पालनपोषणको चिन्ताले हरिशलाई थप विक्षिप्त बनाएको छ। आमा बेपत्ता र बुबा ओछ्यानमा परेपछि ती साना बालबालिकाको समेत बिचल्ली भएको छ। अहिले उनीहरू परिवार छरछिमेकबाट मागेर छाक टार्न बाध्य छन्।

थप उपचारको खर्च त टाढाको कुरा, अहिले साँझ–बिहान के खाने भन्ने पिरलोले सताइरहेका हरिशले आफूलाई अलपत्र नपार्न र जसरी भए पनि सम्पर्कमा आउन आफ्नी श्रीमतीलाई आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार