बैतडी । मकवानपुरमा भएको स्कारपियो दुर्घटनामा बैतडीकी एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा दशरथचन्द नगरपालिका–७ सुर्कालकी ४९ वर्षीया लक्ष्मी बडुको ज्यान गएको हो।
लक्ष्मी आफ्ना श्रीमान् ५१ वर्षीय तारादत्त बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र छोरी ३१ वर्षीया रिता बडुसहित स्कारपियोमा सवार थिइन्। दुर्घटनामा तारादत्त, रितेन्द्र र रिता पनि गम्भीर घाइते भएका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्ट्रारसहित ६ जना सवार स्कारपियो दुर्घटनामा परेको थियो।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको थियो। नेपाली सेनाको हेडक्वार्टरमार्फत छाउनी अस्पताल पुर्याइएकी लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको हो।
उनका श्रीमान्, छोरा र छोरीको काठमाडौंमै उपचार भइरहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्