अत्तरियामा दुई पसलमा सीडीओको नेतृत्वमा छापा, कर छलीको आशंकामा बिलबिजक नियन्त्रणमा

भक्तराज जोशी

कैलाली — कैलालीको अत्तरियास्थित दुई व्यवसायिक प्रतिष्ठानमा कर छलीको आशंकामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन हमालको नेतृत्वमा छापा मारिएको छ।

विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–१ स्थित ‘न्यु सुरुची ट्रेडस’ र ‘पिंकु वस्त्रालय’ मा छापा मारिएको हो। त्रिनगर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरू समेत सहभागी रहेको टोलीले पसलमा भएको सम्पूर्ण सामान काउन्ट गरेपछि बिलबिजक मात्रै नियन्त्रणमा लिएको छ।

प्रमुख जिल्ला अधिकारी हमालका अनुसार, पसलहरूले लामो समयदेखि भारतबाट कर छली गरी सामान ल्याउने गरेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको हो। “हामीले सामान गनेर मात्र बिलबिजक नियन्त्रणमा लिएका हौं। अनुसन्धान प्रक्रिया अझै जारी छ,” उनले जानकारी दिए।

टोलीले संकलन गरेको विवरण र बिलबिजकको आधारमा थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार