धनगढी : सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पाँच जना उत्कृष्ट किसानलाई भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । मंगलबार मन्त्रालयमा आयोजना गरिएको समारोहमा विभिन्न जिल्लाबाट छनोट भएका पाँच जना किसानलाई पुरस्कृत गरेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का केरा व्यवसायी किसान अर्जुन जेठाराले सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । जेठारालाई प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले एक लाख ५० हजार राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर पुरस्कृत गर्दै सम्मान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्