जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउपडी गोठ भत्काउन अभियान

धनगढी :  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउपडी गोठ भत्काउन अभियान सञ्चालन गर्न भनेको छ । प्रशासन कार्यालयले सोमबार जिल्लाका नौ वटै पालिकालाई पत्र काट्दै छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न भनेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा कृष्णपुर नगरपालिका – १ मा छाउपडी गोठमा सुतिरहेकी कमला दमाइको सर्पको टोकाइबाट मृत्यु भएको सन्दर्भमा जिल्लाका नौ वटै स्थानीय तहमा छाउपडी गोठ भत्काउन भनिएको छ । पत्रका परम्परागत रूपमा चलिरहेको कुप्रथा उन्मुलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले पालिकाबाट आवश्यक निर्णय गरी सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको छ ।

Seti Hospital

असार २७ गते छाउगोठमा गोठमा सुत्न गएका बेला सर्पले टोकेर घाइते भएकी कमलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा असार २८ गते मृत्यु भएको थियो ।

यसअघि आइतबार कृष्णपुर नगरपालिकाले पनि नौ वटै वडालाई सम्बोधन गर्दै१५ दिन भित्र छाउपडी गोठहरूको निरीक्षण गरी भत्काउन भनेको थियो । पत्रमा उक्त कार्य कार्यान्वयनमा नल्याए कानुनी कारबाही सहित १० हजार जरिवाना हुने उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार