बैतडीको मेलौलीमा युवाहरुसगं अन्तरक्रिया सम्पन्न

बैतडी : मेलौलीमा युवाहरुसगं अन्तरक्रिया गरिएको छ। आईतबार मेलोली नगरपालिकाको सभाहलमा “युवा लक्षित कार्यक्रम र लगानी” बिषयमा अन्तरक्रिया गरिएको हो।

युवाहरुको नेतृत्व तथा क्षमता विकासका लागि एकदिने अन्तरक्रिया गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर महेन्द्रसिंह नायकले बताउनुभयो। आर्थीक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक विकास कार्यक्रम अनुसार अन्तरक्रिया गरिएको नायकले जानकारी दिनुभयो।

SHIKHAR COOL TECH

अन्तरक्रिया कार्यक्रममा सहभागि युवाहरुले युवाका हितका लागि नगरपालिकाले गरेका कामहरुका बारेमा प्रशन गरेका थिए। युवाका लागि नगरपालिकाले आवश्यक बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने माग गरेका थिए।

युवाहरुले सोधेका प्रश्नहरुको जवाफ कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सामाजिक विकास समिति संयोजक तथा वडा न ९ का वडाध्यक्ष लोकराज भट्टले दिनुभएको थियो। यसैगरी अन्य वडाका वडाध्यक्षहरुले पनि आफुसगं सम्बन्धीत प्रश्नको जवाफ दिनुभएको थियो।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले युवाहरुसगं सम्बन्धीत नगरपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो। आगामी आर्थीक वर्षमा पनि युवाहरुका बिषयमा उपयुक्त कार्यक्रमहरु सञ्चालन गर्ने बताउनअन्तरक्रिया कार्यक्रममा सहभागि ईलाका प्रहरी कार्यालय मेलौलीका प्रमुख नरेन्द्र बहादुर चन्दले युवाहरुका बारेमा आफ्नो धारण राखेका थिए। पछिल्लो समय युवाहरु कुलतमा फसिरहेकाले समयमै ध्यान दिनुपर्ने बताउनुभयो। लागु औषध सेवनले धेरै युवाहरु बिग्रेकाले यस तर्फपनि सबैले ध्यान दिनुपर्ने आवश्यक रहेको बताए। आफुले पनि सकेको गरिरहेको र पालिका लगायत सबै युवाहरु मिलेर यि कुराहरुमा बिशेष ध्यान दिन आग्रह गरे।

कार्यक्रमका प्रत्येक वडाहरुबाट युवाहरु सहभागि भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार