घोडाघोडी तालमा रुख नासिएसँगै हरिहाँसको सङ्ख्या घट्यो !

कैलाली : घोडाघोडी ताल तराईकै ठुलो सिमसार क्षेत्रका रूपमा रहेको छ । जैविक विविधताले महत्वपूर्ण घोडाघोडी तालमा रुख नासिएसँगै हरिहाँसको सङ्ख्या घट्न थालेको छ । घोडाघोडी संरक्षणका लागि सन् १९९२ सालदेखि विभिन्न निकायले काम गर्दै आएका छन् । सन् २००९ देखि घोडाघोडी तालको जैविक विविधतामा काम गर्दै आइरहेको स्थानीय संस्था चरा संरक्षण नेटवर्कले हरेक वर्ष घोडाघोडीमा चरा गणना गर्ने काम गर्छ । नेटवर्कका अध्यक्ष दयाराम चौधरीले विगतको तुलनामा घोडाघोडीमा चराको सङ्ख्या घट्दै गएको बताए ।

उनले घोडाघोडीमा स्थानीय र आगन्तुक चराको वासस्थान असुरक्षित बन्दै गएपछि चराको सङ्ख्यामा कमी आउन थालेको जानकारी दिए । अध्यक्ष चौधरीले भने, “घोडाघोडीमा विभिन्न प्रजातिका चरा रहे पनि यहाँको सूचक प्रजाति हरिहाँस हो । पानीमा रमाउने हरिहाँसले सुकेका रुखमा गुँड लगाउने र अन्डा पार्ने तथा बच्चा कोरल्ने गर्दछ । सुकेका रुख नासिँदै गएपछि हरिहाँसको वासस्थानमा खलल पुगेको छ ।” घोडाघोडी तालको वरपर सामुदायिक वन रहेको छ । हरेक वर्ष सामुदायिक वनले सुक्खा, ढलापढा रुख काट्दा चराको वासस्थानमा समस्या आएको हो ।

SHIKHAR COOL TECH

अध्यक्ष चौधरीले केही वर्ष पहिला घोडाघोडी तालको आसपासको क्षेत्र मैतुवा, सिमथरी, तीनचटियामा रहेका सुकेको रुखमा हरिहाँसले गुँड लगाएको देखेपछि ती क्षेत्रमा आफूहरूले सुखेका रुख नकाट्न आग्रह गरेको बताए । पहिलो पटक सन् १९९२ सालमा घोडाघोडीमा ६६२ वटा हरिहाँस रहे पनि हाल २३० को हाराहारीमा झरेकोे उहाँले जानकारी दिए । हरिहाँसको सङ्ख्यामा कमी आउनुमा चोरीसिकारी, गुँड भत्काउने, तालमा माछा मार्ने, सिङ्गडा टिप्ने क्रियाकलाप बढ्दै जानु मुख्य रहेको छ । नेटवर्कले यस वर्षसमेत घोडाघोडीको सूचक प्रजातिको गणना गर्ने जनाएको छ ।

सन् २०२३ मा २१२ को सङ्ख्यामा रहेका हरिहाँस २०२४ हल्का बढेर २२५ वटा रहेको थियो । घोडाघोडी क्षेत्रमा हरेक वर्ष नेपाल पन्छी संरक्षण सङ्घले समेत जाडो र गर्मी समयमा सिमसार क्षेत्रको चराको गणना गर्ने काम गर्दछ । सङ्घका हिरुलाल डङ्गौराले यस वर्ष हरिहाँसको गणना तीन दिन लगाएर सकिएको जनाउँदै त्यसको रिपोर्ट केही दिनमा आउने बताउनुभयो । घोडाघोडीमा चराको सङ्ख्या घटेसँगै पहिला पहिला देखिने चरा अहिले देखिन छाडेका छन् । चराविद् डा। हेमसागर बरालले पहिलो पटक घोडाघोडी पुग्दाको अनुभव सुनाउँदै भन्नुभयो, “म पहिलो पटक घोडाघोडीमा पुग्दा देखेका कैलो टाउके हाँस बर्सौं भयो देखिन छोडेको छ ।”

घोडाघोडी सूचक प्रजातिका रूपमा रहेको हरिहाँसकै कारण विश्व रामसार साइडमा सूचीकृत भएको हो । हरिहाँसको सङ्ख्यासमेत हरके वर्ष घटबढ भइरहेको छ । हरिहाँसको वासस्थान नासिँदै गएपछि सङ्ख्यामा कमी आएको हुन सक्ने चराविद् बरालले बताए । चराविद् बरालले घोडाघोडी सिमसार क्षेत्र सङ्घीय र प्रदेशको दायित्वभित्र पर्ने भएकाले सरकारले दिगो योजना बनाई सिमसार क्षेत्रको जैविक विविधता संरक्षणमा काम गर्नुपर्ने सुझाव दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार