सुरक्षित डिजिटल ब्यवहारका लागि साईबर साक्षरता आवश्यक : उपप्रमुख बम

धनगढी, १८ बैशाख
गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोगबहादुर बमले सुरक्षित डिजिटल ब्यवहारका लागि साइबर साक्षरता आवश्यक रहेको बताएका छन् ।
शुक्रवार गौरीगंगा नगरपालिकाले आयोजना गरेको दुई दिने साइबर सेक्युरिटी तथा सामाजिक सञ्जाल सचेतना कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन । साईबर सम्वन्धी ज्ञान नहुदा कतिपय ब्यक्तिहरु साईबर अपराध गरिरहेका छन् नगर उपप्रमुख बमले भने, ‘त्यसैले साईबर सुरक्षा, साइबर अपराध, साईबर नैतिकता र कानुनका बारेमा साक्षरता अभियान सञ्चालन गर्नु आवश्यक छ ।’ गौरी गंगा नगरपालिकाले नगरका जेनजी उमेर समुहका किशोर किशोरीहरुलाई लक्षित गरेर साइबर सेक्युरिटी तथा सामाजिक सञ्जाल सचेतना तालिम सुरुगरेको पनि उपप्रमुख उपप्रमुख बमले बताए ।
डिजिटल युगमा सूचना प्रविधिको प्रयोग सबैले गरेकै हुन्छन् गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले भने, ‘ साइबर सुरक्षा र सामाजिक सञ्जालका बारेमा सचेतना अभिबृद्धि गर्न नगरपालिकाले तालिमको आयोजना गरेको हो ।” नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिष पन्तले साईबर अपराध न्यूनिकरणका लागि साइबर ब्यहारलाई सुरक्षित बनाउनु पर्ने बताए ।
नगरपालिकाले आयोजना गरेको सचेतना कार्यक्रममा कम्प्यूटर एसोशियसनको प्राविधिक सहयोग रहेको क्यानका केन्द्रिय उपाध्यक्ष हर्क सेठीले बताए । साइबर सेक्युरिटी तथा सामाजिक सञ्जाल सचेतना कार्यक्रमका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका साईबर ब्यूरोमा कार्यरत प्रहरी नायव निरीक्षक जिवनकुमार चौधरी, पत्रकारिता र आमसञ्चार बिषयका उपप्राध्यापक टेकेन्द्र देउवा र सुचना प्रविधी विज्ञ टंक ओझाले गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार