बैतडीको पाटनमा जीप दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ। धनगढीबाट दार्चुलाको गन्ना गइरहेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान करिब साडे ५ बजेको समयमा बैतडीको पाटन-६ स्थित खिपालीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी चालकसहित ८ जना घाइते भएका छन्। घाइते हुनेमा बैतडीको डिलासैनीका २५ वर्षका हेमन्त प्रसाद भट्ट, वर्ष ३२ का किरण बोहरा, वर्ष ५२ कि कुल्मा धामी, २७ वर्षका राजेन्द्र खत्री, २१ वर्षकी भागरती खत्री र उनकी २ वर्ष कि एलिसा खत्री, ३९ वर्षका राम कुमार राना र चालक लाल बहादुर राना घाइते भएका छन्।

SHIKHAR COOL TECH

घाइतेमध्ये कुल्मा, लाल (चालक) र हेमन्तको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्दारमा खटिएका थिए। सबै घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ। गम्भीर घाइतेहरुलाई रेफरको तयारी भैरहेको छ। जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार