कलुवापुरस्थित महेन्द्र राजमार्ग अवरुद्ध

कञ्चनपुर : कञ्चनपुरमा स्थानीयहरू आन्दोलित बनेका छन्। बिहिवार बेलौरीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१–९२९ नम्बरको बसको ठक्करबाट वनसाहका ५५ वर्षीय द्रोपती भट्टको मृत्य भएको थियो।

मृतक महिलाको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दे स्थानीयहरू आन्दोलित बनेका हुन्। महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका स्थित कलुवार बजार क्षेत्रमा स्थानीयले सडक अवरुद्ध पारेका छन्।

SHIKHAR COOL TECH

सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् भने मालवाहक गाडीहरू बाटोमा नै थन्किएका छन्। प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सहमति जुट्न नसकेको जनाएको छ।

स्थानीयहरूले उचित क्षतिपूर्ति उपलब्ध नगराउन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, सडक अवरुद्ध हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ। प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक भट्टको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार