भारतले धौलीगंगा बाँध खोल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी : भारतको धारचुलामा रहेको धौली गंगा बाँधको ढोका खोलिएको छ। धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सिल्ट सरसफाइका लागि आकस्मिक रुपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ।

बिहीबार राति डेढ बजेतिर खोलिएको बाँध शनिबार दिउँसोसम्म खुला रहने धौली गंगा पावर स्टेशन एनएचपीसीले जनाएको छ। धौलीगंगा बाँधको ढोका खोलिएका महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाँधको ढोका खोलिएका कारण महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो। दार्चुला र बैतडीका महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकहरुलाई तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार