बैतडीमा वर्षासंगै आएको हावाहुरीले मकैबालीमा क्षति

बैतडी : वर्षासंगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको छ। मंगलबार राति बर्षासंगै आएको हावाहुरी मकैबाली ढलाएर नष्ट गरेको सुर्नया गाउँपालिका–८ का प्रतापसिंह मडैले बताउनुभयो।  घोगा लाग्नै लागेको मकैबालीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन्।

सुर्नया गाउँपालिका वडा नं ८को ढोले, कठमडा, सेला र दोरामा मकैबालीमा व्यापक क्षति पुर्याएको स्थानीय रामबहादुर साउँदले बताउनुभयो। यी टोलहरुमा एक हजार बढी घरधुरी रहेका र सबैको मकैबारीमा क्षति पुगेको साउँदले बताउनुभयो।

SHIKHAR COOL TECH

यस्तै दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा बर्षा र हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ। मंगलबार राति बर्षासंगै आएको हावाहुरीले मकैबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन्।

मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा हावाहुरीले क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन्। बैतडीका मकै पकेट क्षेत्रमै हावाहुरीले क्षति पुर्याएपछि मकैको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ।

बैतडीमा १३ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ। पछिल्ला बर्षहरुमा विभिन्न कारणले मकैबालीमा क्षति हुँदा किसानहरु मार्कामा पर्ने गरेका छन्। जंगली जनावर, हावाहुरी, रोगकिराका कारण मकै उत्पादनमा कमी आउने गरेको किसानहरुले बताउनुभयो। मिहनेत अनुसारको उत्पादन नहुँदा पछिल्लो समयमा यहाँका किसानहरुको मकैखेतीमा आकर्षण घट्दै गएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार