बैतडीको खौला बजारका पसल र घरहरु कटानको उच्च जोखिममा

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-६ स्थित खौला बजारका पसल र घरहरु कटानको उच्च जोखिममा परेका छन्  जमाडी नदीको किनारमा रहेको उक्त बजारका पसल र घरहरु कटानको उच्च जोखिममा रहेका दोगडाकेदार गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गोपाल कार्कीले बताए । 

सोमबार राति जमाडी नदीमा आएको बाढीले खौलाका स्थानीय मानसिंह भण्डारीको शौचालय र गोपालसिंह भण्डारीको कुखुराको खोर बगाएको बताइएको छ । खौला बजार जोगाउन नदी किनारमा लगाएको तारजालसहितको तटबन्ध पनि बाढीले बगाएको स्थानीय भावना भण्डारीले बताइन् । 

Seti Hospital

बाढीले स्थानीयहरुले रोपाइँ गरेको केही खेत बगाएको छ भने बजार नै कटानको उच्च जोखिममा रहेको वडा अध्यक्ष कार्कीले बताए । बाढीले पुर्याएको क्षतिका बिषयमा जानकारी लिन मंगलबार दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की, वडा अध्यक्ष गोपाल कार्की, प्रहरी लगायतको टोली खौला बजार पुगेको थियो । 

यस्तै जमाडी नदीमा आएको बाढीले पञ्ज्युनयाँ क्षेत्रमा सिँचाइ गर्ने नहरको मूहान बगाएको छ । नहरको मूहानमा क्षति पुर्याएपछि स्थानीयहरुलाई रोपाइँ गर्न समस्या भएको छ । पञ्ज्युनयाँ क्षेत्रमा अहिले रोपाइँ चलिरहेको र नहर बाढीले भत्काएपछि समस्या भएको वडा अध्यक्ष कार्कीले बताए ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार