शिवनाथमा मौरी पालन तालिम सम्पन्न, ३७ जनालाई मौरी घार वितरण

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकामा मौरी पालन तालिम सम्पन्न भएको छ । संघिय सरकारको लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग शिवनाथ गाउँपालिकाको समुन्वयमा ५२ दिने मौरी पालन तालिम सम्पन्न भएको हो । ५२ दिन सञ्चालन भएको उक्त तालिममा गाउँपालिकाका ३७ छनौट गरी तालिम सहित मौरी घार वितरण गरिएको गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले बताउनुभयो ।

गाउँपािलका अध्यक्ष साउँदले कृषि र पशुपालनसँगै मौरी पालनजस्ता सीपमूलक तालिमहरू आत्मनिर्भरताको बाटो खोल्ने उल्लेख गर्दै स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । तालिममा सहभागीहरू उत्साहित देखिएका थिए र आफूले सिकेको ज्ञान व्यवहारमा उतार्ने अठोट व्यक्त गरेका थिए।

SHIKHAR COOL TECH

तालिममा सहभागीहरु लाई मौरी पालन प्रारम्भ गर्नका लागि मौरी घार (बक्स) समेत वितरण गरिएको छ। यस्तै मौरी पालन कृष्कहरुलाई मह उत्पादनमा बृद्धि गराई आत्मनिर्भर बनाउने उद्देश्य तालिम राखिएको गाउँपालिका उपाध्यक्ष सकुन्तला साउँदले बताईन् ।

सहभागीहरुलाई मौरीपालनको परिचय महत्व, वर्तमान अवस्था, अवसर र चुनौतिहरु, मौरीको जीवन चक्र जस्ता विषयहरु सिकाइएको थियो ।तालिममा सहभागीहरु लाई मौरी पालन प्रारम्भ गर्नका लागि मौरी घार (बक्स) समेत वितरण गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार