बैतडी : बैतडीकोे दोगडाकेदार गाउँपालिका–२, ढिकगाडका ४४बर्षीय रणबहादुर कुँवरको उपचारमा आर्थिक अभाव भएको छ । भारतको बैंगलोरस्थित माता अस्पतालमा उपचार गराइरहेका कुँवरको फोक्सो प्रत्यारोपण गर्नुपर्ने भएको छ ।
लामो समयदेखि उपचारमा रहेका कुँवरको अब फोक्सो प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव रहेको उनका भाइ अर्जुन कुँवरले बताए । कुँवरको उपचारमा अहिलेसम्म धेरै रुपैयाँ खर्च भइसकेको र अब घरको कमाइले उपचार गर्न सक्ने अवस्था नरहेको बताइएको छ ।
रणबहादुर कुँवरको प्राण रक्षाका लागि सम्पूर्ण सहयोगी मनकारी व्यक्तिहरुलाई परिवारजनले सहयोगका लागि अपिल गरेका छन् ।
कुँवरको प्राण रक्षाका लागि बिरामी रणबहादुर कुँवरका भाइ अर्जुन कुँवरलाई ९८४८९७२४११ मा सम्पर्क गरी वा सोझै राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४०५०१००१२९२८४०१० मा रकम जमा गर्न सकिनेछ ।सबैको सहयोगले कुँवरको प्राण रक्षामा टेवा पुग्ने भएकाले सहयोगका लागि आग्रह गरिएको छ ।
प्रतिक्रिया दनुहोस्