शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट सुरक्षा स्थापना गरेको छ। भारततर्फका स्थानीयले अतिक्रमण गरेर खेती गरिरहेको निकुञ्जको क्षेत्रमा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको संयुक्त सुरक्षा पोष्ट स्थापना गरेको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनका अनुसार नेपाल–भारत सीमास्तम्भ २७ र २८ को बीचमा गत जेठको पहिलो साता पोष्ट स्थापना गरिएको हो।

‘अतिक्रमित क्षेत्रमा नयाँ सुरक्षा पोष्ट स्थापना गरेर निकुञ्ज कार्यालय र सेनाको टोली त्यहाँ बस्न सुरु गरेको छ’, उनले भने, ‘उक्त पोष्टबाट हाल सुरक्षा गस्ती भइरहेको छ।’ उनले उक्त क्षेत्रमा डुबान हुने भएकाले बर्सातको समयमा समस्या हुनसक्ने बताए। सीमास्तम्भ २७ र २८ को बीचको सहायक सीमास्तम्भ हराएका कारण सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको हो। 

Seti Hospital

उक्त क्षेत्रमा करिब नौ सय बिघा जमिन अतिक्रमण भएको निकुञ्जको अनुमान छ। बर्खामा निकुञ्जमा डुबानसँगै बाटो र पुलको समस्याले सबै ठाउँमा गस्ती गर्न कठिन हुने उनले बताए। हाल निकुञ्जको सुरक्षामा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका पन्ध्र वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट निकुञ्ज क्षेत्रमा सुरक्षामा सेना खटिएको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार