पुनरावेदनको समय बाँकी रहेको भन्दै ममतालाई अदालतले घर पठायो !

धनगढी : कैलालीको गोदावरी नगरपालिका–३ मालिका टोलकी ममता खड्का कुँवरलाई अदालतले घर पठाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले बिहिवार घरदेखि पक्राउ गरेकी ममतालाई अदालतले पुनरावेदनको समय बाँकी रहेको भन्दै घर पठाएको हो। प्रहरीले अदालतमा पेस गर्ने बित्तिकै उनी घर फर्किएकी छन्।

जिल्ला अदालत, कैलालीका तहसिलदारले लगाएको तोकमा भनिएको छ, ‘यसमा पक्राउ गरी उपस्थित गराइएका प्रतिवादी ममता खड्का कुँवरको पुनरावेदन गर्ने म्याद बाँकी नै रहेको देखिदाँ निजलाई अहिले नै कैदी पुर्जी दिइ कारागार कार्यालय पठाउन मिलेन।’

Seti Hospital

कैलाली प्रहरीले ४० लाख ५० हजार जरिबाना र पाँच दिन कैद सजायको फैसला जिल्ला अदालत कैलालीले गरेको भन्दै  उनलाई पक्राउ गरेको थियो। बैङ्किङ कसुर मुद्‍दामा फरार प्रतिवादी रहेकी भन्दै ममतालाई प्रहरीले पक्राउ गरेको हो। अदालतले कारागार नपठाउन भनेपछि फेरि प्रहरीले कागज गरेर उनलाई घर पठाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार