जिल्ला अस्पताल बैतडीमा उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारी पुरस्कृत

बैतडी : जिल्ला अस्पताल बैतडीले अस्पतालमा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई पुरस्कृत गरेको छ। चालु आर्थिक बर्षमा स्वास्थ्यकर्मी र कर्मचारीहरुको कार्यसम्पादनको आधारमा चार जनालाई छनौट गरि पुरस्कृत गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा।सुशील विकले बताउनुभयो।

चिकित्सकतर्फ डा.टेकेन्द्र नेपाली, नर्सिङतर्फ अनमी हेमा चन्द, पेरामेडिकतर्फ अहेव खगेन्द्र चन्द र कार्यालय सहयोगीतर्फ नारद भट्टलाई पुरस्कृत गरिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो।

Seti Hospital

उत्कृष्ट कर्मचारीहरुलाई नगद पुरस्कारसहित प्रंशसा पत्र प्रदान गरिएको छ भने दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुको मनोबल बढाउन हरेक बर्ष उत्कृष्ट कर्मचारी छनौट गरेर पुरस्कृत गर्ने गरिएको अस्पतालका प्रमुख डा। विकले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार